08/12/2021

मालिका समाचार

देशको ऐना

प्राबिधिक शिक्षा पाएका हरुपनी ठुलो संख्यामा बेरोजगार छन :मन्त्री खड्का

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर ४ मंसिर सुदुर पश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्काले
टीकापुर नगरपालिकाले आयोजना गरेको नगर साक्षर कार्यक्रममा बोल्दै उक्त कुरा राख्नु भएको हो।

“साक्षर नेपाल :समृद्ध नेपाल र सुखी नेपाली “भन्ने मुल नाराका साथ नगर साक्षर घोषणा गरेको छ।
कैलाली जिल्लाको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा सनिवार टीकापुर नगरपालिका स्थित पोलिटिकल ईन्स्टिच्युटको सभाहलमा सुदुर सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री लालबहादुर खड्का को प्रमुख आतिथ्यमा कार्यक्रममा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा बिशिस्ट अतिथि प्रदेश सभा सांसद उमा बादी अतिथि हरुमा नगर उप प्रमुख ,प्राकृतिक स्रोत व्याक्ती ओम प्रकाश सिंह , नगर प्रमुख प्रशासकिय अधिकृत दमन चौधरी,सामाजिक विकास समिति संयोजक दीर्घ ठकुल्ला , बिरेन्द्र बहुमुखी क्याम्प प्रमुख हर्क भन्डारी ,इलाका प्रहरी प्रमुख प्रकाश् सापकोटा , राजनीति पार्टी प्रतिनिधि हरु क्रमशः नेकपा एमालेका मोहन बिक नेपाली काङ्ग्रेसका धन राज उपाध्याय , नेपाल कम्युनिस्ट पार्टी( एस)का रंग अधिकारी ,जसपाका बिरेन्द्र साउद जनता लोकतान्त्रिक पार्टीका लक्षमण चौधरी ,टीकापुर नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश अध्यक्ष योगेश रावल ,सामुदायिक रेडियो टीकापुरका स्टेसन म्यानेजर एकेन्द्र तिमिल्सिना , मालीका समाचारका संचालक प्रेम भट्टराई “राष्ट्रप्रेमी” लगायतको आतिथ्य रहेको थियो ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

कार्यक्रममा उपस्थित सबैलाई नगर शिक्षा समितिका अधिकृत नरेश अवस्थीले मन्तव्य द्वारा स्वागत गर्दै विभिन्न वडाको साक्षरको तथ्यांकका अनुसार नगरपालीका ९८ प्रतिशतसाक्षर भैसकेकोले साक्षर मापदण्डका अनुसार साक्षरत घोषणा गरेको र निरक्षर रहेका २ प्रतिशत हरुलाइ पनि पुर्ण साक्षर बनाउदै लैजाने निति रहेको अवस्थी ले स्वागतको क्रममा बताए ।

कर्णाली बिद्यालयका विद्यार्थी हरुले स्वागत गित मार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए, प्रमुख अतिथि सामाजिक विकास मन्त्री लालबहादुर खडकाले नगर प्रमुख तपेन्द्र रावल लाई प्रमाणपत्र उचारण गरि नगर साक्षर घोषणा गर्नु भएको हो।

टीकापुर नगरक्षिक्षासमितिको तथा शिक्षकको तर्फबाट टीकापुर नगरपालिका हिमालय मावि घियाका शिक्षक अर्जुन रावल ,ले नगर जसरी साक्षर घोषणा भयो त्यसरी युवा हरुलाइ उत्कृष्ट ज्ञानको भणडारको रुपमा उत्पादन गर्दै अज्ञानताले भैरहेका विभिन्न घटना हरुलाइ न्यूनीकरण गर्न उत्प्रेरित गर्नुपर्ने बताउनु भयो।

पत्रकार महासंघ सुदुर पश्चिम अध्यक्ष योगेश रावलले युवाहरू निरक्षर पनि भएको प्रमाण भेटाएको आफ्नो अनुभव साट्दै साक्षर मात्र बनाउने लक्ष भन्दा शिक्षा बाट आर्जित ज्ञान लाई रोजगारमा परिणत गर्नु पर्ने बताउनु भयो , प्राकृतिक स्रोत केन्द्रका डीन ओम प्रकाश सिंह तालीम भन्ने कुरा मानवको निम्ति नभएको मान्छे लाई तालीम दिनेकुरा हुदैन मानव लाई शिक्षा दिने गरिन्छ जसको माध्यम बाट ज्ञान आर्जन हुन्छ ,भन्ने कुरा राख्नु भयो ।

राजनीति पार्टी हरुको तर्फबाट लक्ष्मण किशोर चौधरी साक्षर घोषणा हुदै गर्दा अबको शिक्षा प्रणाली हरुमा भौतिक पुर्वाधार ,सरसफाइ लगायतमा ध्यान दिन जरुरी रहेको र युवा विद्यार्थी हरुले सहपाठी हरु संग गर्नुपर्ने व्यावहारिक पक्ष नराम्रो देखिएकोले यसले जनमानसमा त्रास फैलिएको बताउदै साक्षर घोषणा हुदै गर्दा देशभरिएको चर्चित टीकापुर पार्क लगायतका स्थानमा फोहोर फ़ैलिने गरेको देखिन्छ ,युवाहरूले नैतिक शिक्षाको अति आवश्यक रहेको बताउनु भयो ।

टीकापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दमन चौधरी :कोरोना का कारण नगर साक्षरकार्यक्रम ढिलो भएको पनि उत्कृष्ट भएको बताए अबको लक्ष १५ देखी ६० बर्षसम्मका निरक्षर हरुमा रहेका २.३% लाई पनि पुर्ण साक्षरबनाउने नगरपालिकाको लक्ष रहेको बताउनु भयो ,

बिशिस्ट अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य उमा बादी ,ढिलो भएपनि राम्रो भयो राष्ट्रमा एउटा बर्ग पछाडि पर्नु भनेको राष्ट्र पछाडि पर्नु पनि हो। शिक्षामा सबै बर्गको पहुच हुनुपर्ने बताए
कर्णाली विद्यार्थीका कृषि वाल बिज्ञानका विद्यार्थी हरुको हाम्रो नेपाल हामी नेपाली भन्ने देश भक्ती गित सहित नृत्य राखेर उपस्थित सबैलाई आनंद दिलाएका थिए ।

विज्ञापन