National Election

भीम रावललाई टिकट खोस्नुको परिणाम- अछाम-१ मा एमाले ‘क्लिन स्वीप’

बिज्ञापन

अछाम । नेकपा एमालेका नेता भीम रावलको निवाचन क्षेत्र अछाम १ मा नेकपा एमाले क्लिन स्वीप भएको छ । अन्तिम समयमा अध्यक्ष ओलीले रावलको टिकट खोसेका कारण लामो समय देखि जित्दै आएको यस क्षेत्रमा एमाले क्लिन स्वीप भएको हो ।

अछाम-१ मा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गर्दै एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकिकृत समाजवादीका शेरबहादुर कुँवर निर्वाचित भए । त्यसैगरी यस क्षेत्रका दुबै प्रदेश सभा समेत एमालेले गुमाएको छ । अछाम-१ (१) मा एमालेका उम्मेदवार देवबहादुर कुँवरलाई पराजित गर्दै नेपाली कांग्रेसका मेघराज गुरुङ निर्वाचित भए ।

त्यस्तै अछाम-१ (२) मा एमालेका उम्मेदवार कृष्णप्रसाद जैशीलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद निर्वाचित भएका छन् । २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालले यस क्षेत्रबाट भीम रावल निर्वाचित भएका थिए भने प्रदेशसभा तर्फ भने बाम गठबन्धनबाट १ को १ मा एमाले र १ को २ मा माओवादी विजयी भएको थियो ।

यस पटक भने प्रतिशोधका आधारमा अध्यक्ष ओलीले रावलको टिकट खोसेपछि अछाममा एमाले क्लिन स्वीप हुन पुगेको हो ।

बिज्ञापन

त्यसैगरी, अछाम– २ पनि एमालेले गुमाइसकेको छ । अछाम-२ मा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीलाई पराजित गर्दै नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् ।

त्यस्तै, अछाम-२ को १ मा एमालेका उम्मेदवार भीमबहादुर बिष्टलाई पराजित गर्दै माओवादीका अक्कल बहादुर रावल निर्वाचित भएका छन् भने २ को २ मा पनि एमाले पराजित हुने अवस्था बनेको छ ।

बिज्ञापन
बिज्ञापन