राष्ट्रिय समाचार

राप्रपा सरकारमा जाने, अध्यक्ष लिङदेन ऊर्जामन्त्री बन्ने

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अब, लिङदेन उपप्रधानमन्त्री बन्ने छन् ।

बिज्ञापन

सरकारमा सहभागी हुन लागेको राप्रपाले उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय दाबी गरेको छ । तर, उपप्रधानसहित ३ मन्त्रालयसम्म पाउने सम्भावना रहेको बताइन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना रहेको राप्रपाका एक पदाधिकारीले जानकारी दिएका छन् । उनले भने– ‘सत्तारुढ दलबीच भागबन्डा हुँदा बाँकी रहेका मन्त्रालयमध्ये अध्यक्षज्यूले ऊर्जा मन्त्रालयमा रुची राख्नु भएको छ । उहाँ उपप्रधानसहित ऊर्जामन्त्री नै हुने सम्भावना छ ।’

अध्यक्ष लिङ्देनले बाँकी रहेका मध्ये ऊर्जा मन्त्रालयमा चासो रोेख्दै आएका छन् ।

बिज्ञापन