June 3, 2023

मालिका समाचार

देशकाे ऐना

नेशनल प्याब्सनको अध्यक्षमा पाण्डव हमाल

नेपालगन्ज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार थिए ।
नेपालगन्जमा सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खडका, कोषाध्यक्षमा प्रताप थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु चयन भएका छन् ।

सुुदूरपश्चिबाट धर्मराज रेग्मी–केन्द्रीय सचिव, सत्येसबहादुर चन्द, दिपक भट्ट, तेजराज खनाल (केन्द्रीय सदस्य) लगायत ५७ जना केन्द्रीय समितिमा चयन भएको जनाइएको छ ।

विज्ञापन