August 10, 2022

मालिका समाचार

देशकाे ऐना

sf7df8f}F, % r}t . k|wfgdGqL z]/axfb'/ b]pjf, sfe|]sf] t]dfn ufpFkflnsfdf k|zf;sLo ejg pb3f6g sfo{qmdnfO{ ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ ः प्रधानमन्त्री देउवा

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।

विज्ञापन

उनले आज काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको पोखरी नारायणस्थानमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनलाई सबै पक्षले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए ।

“देश अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ, निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनु आवश्यक छ,” उनले भने ।
प्रधानमन्त्री देउवाले जनप्रतिनिधिले जनसवालका काम मात्र गरेर नहुने भएकाले काममा पारदर्शिता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित गर्न समेत आवश्यक रहेको बताए । उनले थपे, “त्यसतर्फ ध्यान दिन म गाउँपालिकाका सबै पदाधिकारीहरूलाई आग्रह गर्छु ।”

मुलुकमा तीन तहका संघीय शासन प्रणाली लागु भएसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उनको धारणा थियो । प्रम देउवाले नागरिकको नजिकको सरकार भनेकै स्थानीय तह भएकाले यस सरकारसँग अपेक्षा हुनु स्वाभाविक रहेको उल्लेख गरे ।

“सीमित स्रोत–साधानका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ,” उनले भने ।

प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा–सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटोछरितो ढंगले बिनाकुनै ‘मरमोलाहिजा’ सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य रहेको बताए ।

यसअघि, प्रधानमन्त्री देउवाले तेमाल गाउँपालिका–५, पोखरी नारायणस्थानस्थित एकै स्थानमा निर्मित स्वयम्भू, बौद्ध, नमोबुद्ध स्तूपको उद्घाटन समेत गरेका थिए । नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज सूर्यमान दोङ, नेपाली कांग्रेस तेमाल गाउँपालिकाका सभापति ज्ञानबहादुर लामाले गाउँपालिकाले जनहितलाई केन्द्रविन्दुमा राखेर काम गरेको बताएका थिए ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले चार करोड ६४ लाख रुपैयाँमा गाउँपालिकाको तीनतले प्रशासकीय भवन निर्माण सम्पन्न गरेको बताए । रासस

विज्ञापन