March 27, 2023

मालिका समाचार

देशकाे ऐना

‘चुनाव सफल बनाउनु छ’– शंकर पोखरेल

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

भक्तपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गरेका छन् ।

मध्यपुरथिमिमा शनिबार आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका एजेन्डा लिएर घरघर जानुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले भने, “अब सम्पूर्ण समय पार्टीलाई दिनुहोस्, टोलटोल, वडावडामा परिचालित हुनुहोस् ।”

विज्ञापन

कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरघरमा पुगेर जनमत बटुल्न आग्रह गरे । उनले विकास र समृद्धिको नारा लिएर जनतामा जान समेत कार्यकर्तालाई निर्देशन दिए । रासस