राजनीति

चुनावी तालमेल गठबन्धनलाई आवश्यक : ज्वाला

बिज्ञापन

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले गठबन्धनमा रहेका सबै दललाई चुनावी तालमेल आवश्यक रहेको बताएका छन् ।
समाजवादी कर्णाली प्रदेशको दोश्रो पूर्ण बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनलाई प्रतिनिधिसभाको निर्वाचन सम्मै लैजाने सहमति भइसकेको बताए ।

ज्वालाले कोही कसैले गठबन्धन हुँदैन भनेर हल्ला फैलाए पनि गठबन्धन नटुट्ने दाबी गर्दै आफ्नौ नीति, सिद्धान्तलाई शक्तिमा विश्वास गरेर अघि बढेको बताए ।
‘तालमेल चुनावको बेला हुनसक्छ । सरकार गठनको बेला हुनसक्छ । एउटैको बहुमत नआउँदा हुनसक्छ । विभिन्न दलहरुले गठबन्धनको आवश्यकता महसुस गर्दा खेरि तालमेल हुने हो ।’ ज्वालाले भने, ‘राष्ट्रिय सभाको चुनावमा गठबन्धन बनाएर गयौं जित निकाल्यौं । त्यसैले सबै दललाई गठबन्धनको आवश्यकता छ ।’

बिज्ञापन
बिज्ञापन