विज्ञापन

धनगढी । कैलालीमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि सत्तारुढ गठबन्धनले कार्यदल गठन गरेको छ । एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा बसेको बैठकले १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा नेपाली काँग्रेसका कैलाली सभापति नारायणदत्त भट्ट, एकीकृत समाजवादीका कैलाली इञ्चार्ज दीर्घ सोडारी, माओवादी केन्द्रका कैलाली इञ्चार्ज हरि ज्ञवाली, जनमोर्चातर्फबाट जगतप्रसाद जोशी र जनता समाजवादीका होरिलाल चौधरी सदस्य रहेका छन् ।
विज्ञापन

पाँच वटै दलले प्रत्येक बैठकमा थप एक–एकजना सदस्य ल्याउन पाउने पनि निर्णय भएको बताइएको छ । अब कार्यदलको अर्को बैठक २७ गते बस्ने छ ।
अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ