राष्ट्रिय समाचार

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा

बिज्ञापन

काठमाडौ । आगामी स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र तोकिने विद्यालय तीन दिन बन्द रहने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको हो ।

केन्द्रले बिहीबार सूचना जारी गरि ३ दिन उक्त विद्यालयमा वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बन्द गर्न माग गरे अनुसार यो निर्णय लिएको विकास केन्द्रले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन