राजनीति

केन्द्रीय सदस्यलाई गाउँ/नगरमा खटाउने माआवादीको तयारी

बिज्ञापन

काठमाडौं । केन्द्रीय सदस्यलाई गाउँ÷नगरमा खटाउने माआवादीको तयारीमा रहेको छ । अहिले सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । माओवादीले निर्वाचनकेन्द्रित दुईमहिने अभियान सञ्चालन पनि गर्दै छ ।

बिज्ञापन

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार माओवादीले चुनावी कार्यक्रम पनि बनाएको छ । चुनावी कार्यक्रमअन्तर्गत केन्द्रीय सदस्यहरूलाई गाउँपालिका र नगरपालिकामा खटाउने तयारी गरिएको नेताहरू बताउँछन् ।केन्द्रीय सदस्यहरूको नेतृत्वमा देशैभरिका गाउँपालिका, नगरपालिका, महानगरपालिकामा निर्वाचन परिचालन कमिटी गठन हुने केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज कुमार पौडेलले जानकारी दिए । उनका अनुसार प्रदेश कमान्डको मातहतमा परिचालन कमिटी निर्माण हुनेछ ।

त्यस्तै, प्रत्येक प्रदेशमा पाँच कमान्ड बनाइएको छ । प्रदेश कमान्डअन्तर्गत रहेर निर्वाचन परिचालन कमिटी गठन हुनेछ । एकजना केन्द्रीय सदस्यलाई तीनवटासम्म गाउँ÷नगरको नेतृत्व गनुपर्ने हुन सक्ने उनले बताए । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार चुनावी कार्यक्रम बनाएर वितरण भइसकेको छ । उनका अनुसार हाल प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन भइसकेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरू प्रशिक्षण कार्यक्रमको दौडधुपमा छन् ।

उमेदवार टुंग्याउने जिम्मा प्रदेशलाई स्थानीय तहको निर्वाचनमा पार्टीका उमेदवारहरू टुंग्याउने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ । कार्यालय सचिव ढकालका अनुसार केन्द्रको परामर्शमा प्रदेशले उमेदवार टुंग्याउनुपर्नेछ ।
“हाल प्रदेशको प्रशिक्षण चलिरहेको छ । निर्वाचनकेन्द्रित कार्यक्रम बनाएर पठाएका छौँ । उमेदवार स्थानीय निकायले सिफारिस गरेर प्रदेशमा पठाउँछ । त्यसपछि केन्द्रको परामर्शमा प्रदेशले उमेदवार टुंगो लगाउँछ,” उनले संचारकर्मीहरुलाई बताए ।

बिज्ञापन