विज्ञापन

इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान मर्निङ वाकमा निस्केका उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जंगबहादुर थापाले बताए । घरबाट करीब २०० मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
बाबुले पेट्रोल छर्किएर आगो लगाइदिंदा २ वर्षे छोराको मृत्यु, आमा घाइते
प्रहरीको गोली प्रहारबाट उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु
सहिदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान