घटना समाचार

भतिजलाई गोली हानेपछि काकाद्वारा आत्महत्या

बिज्ञापन

झापामा एक युवकले भतिजलाई गोली प्रहार गरेपछि आत्महत्या गरेका छन् । गौरादह नगरपालिका–८ का ३५ वर्षीय जीवन साहले आफ्नै भतिजलाई गोली हानेका हुन् ।

बिज्ञापन

हिजो साँझ जीवनको दाईसँग घरायसी विवाद भएको थियो । सोही क्रममा जीवनले भतिजलाई गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार आत्महत्या गर्नुअघि जीवनले आफ्नै भतिज १५ वर्षीय हेमराज साहलाई गोली प्रहार गरेका थिए । भतिजलाई गोली हानी भागेका जीवनले घरभन्दा एक सय मिटर उत्तर सुकुना खोला किनारमा पुगेर आफैँले कञ्चटमा गोली हानेका हुन् ।

गम्भीर अवस्थामा फेला परेका भतिज हेमराजको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल एक थान, म्यागजिन दुई थान, गोलीको खोका एक थान र १५ राउण्ड गोली फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय, दमकले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

बिज्ञापन