स्वास्थ तथा सरसफाइ

यस्ता छन् मेवा खानुका फाइदा र बेफाइदा

बिज्ञापन

काठमाडौं । मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ ।

मेवालाई भिटामिन ‘ए’को उपयुक्त स्रोत मानिन्छ । मेवामा भिटामिन ए का साथै भिटामिन सी पनि पाइन्छ । मेवामा प्रचुर मात्रामा पानी, प्रोटीन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्शियम, फस्फोरस, आइरन आदि पाइन्छ । प्राकृतिक रुपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ ।

फाइदा:

बिज्ञापन

कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ । यसले अन्य फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।

विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ । अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ ।

बेफाइदा :

गर्भावस्थामा मेवाको सेवन गर्नु हुँदैन । मेवामा लेटेक्स पाइन्छ । जसले पाठेघर साँघुरिने जोखिम हुन्छ । र, गर्भ पतन, प्रसव पीडा र बच्चालाई असहजता हुनसक्ने जोखिम हुन्छ । स्तनपान गराइरहेका महिलालाई पनि मेवाको सेवन नगर्न सुझाव दिने गरिन्छ । अधिक मेवाको सेवन जन्डिसको कारण बन्न सक्छ ।

नाकमा समस्या भएका, दमका रोगी र स्वास सम्बन्धि समस्या भएका बिरामीले पनि मेवाको सेवन गर्नु हुँदैन । मेवाको अधिक सेवनले पत्थरीको जोखिम पनि रहन्छ । एक वर्षभन्दा कम उमेरका बालकालिकालाई पनि मेवाको सेवन गराउनु हुँदैन ।

बिज्ञापन
बिज्ञापन