राष्ट्रिय समाचार

समृद्धिको सङ्कल्पसहित विश्वासको मत माग्छु : प्रधानमन्त्री प्रचण्ड

बिज्ञापन

काठमाडौं, पुस २६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार विश्वासको मत माग्नुभएको छ। मङ्गलबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्नुभएको हो। 

बिज्ञापन

विश्वासको मत माग्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको हो। उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको पनि स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री प्रचण्डले वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढ्ने नीति लिएको बताउनुभयो। उहाँले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा सङ्कटको सामना गर्नुपरेको तथ्य पनि स्मरण गराउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘म यो सार्वभौम संसदमा सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु। प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि प्रतिबद्ध छु। यो देशमा जति पनि सार्थक परिवर्तन भएका छन्।’’ 

बिज्ञापन