राष्ट्रिय समाचार

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल विस्तारबारे सहमति जुटाइने

बिज्ञापन

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न ४ बजे बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन ।

आज बस्ने बैठकले मुख्यतः मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी व्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन