कृषि

जङ्गली जनावरले किसानलाई खेती जोगाउनै मुस्किल

बिज्ञापन

अछाम । अछाम जिल्लामा जङ्गली जनावर बाँदर र बँदेलका बथानले किसानहरूको लगाएको खेती बाली मास्दा अछाम अछाम जिल्लाका किसान हैरान भएका छन् । 

किसानहरूले लगाएको लगाएको मकै, धान बाली बाँदर र बँदेलले सखाप पार्दा जिल्लाभरका किसान नै चिन्तामा परेका छन् ।  

आफ्नो पाँच रोपनीमा लगाएको मकै बाली जङ्गली जनावरले सखाप परेकोमा निराश हुँदै मङ्गलसेन १० का पूर्णबहादुर रावलले रातभर जागराम बस्दा समेत वालिको सुरक्षा गर्न नसकिएको बताउनुभयो । 

मङ्गलसेन नगरपालिका १० मा मात्र ४५ जनाभन्दा बढी किसानको बाली जनावरले सखाप पारेको र १० देखि १२ जना किसानले राहतका लागि सिफारिस लगेका मङ्गलसेन नगरपालिका १० जुपुका वडा अध्यक्ष जनक बहादुर कुँवरले बताउनुभयो । 

बिज्ञापन

साथै उहाँले आफु समेत किसान भएको र बारीमा लगाएको खेत बाली मकै धान र तरकारी बारी समेत बाँदरले नष्ट गरेको बताउनुभयो । 

यस्तै, मङ्गलसेन नगरपालिका वडा नम्बर ६ तेसिंगे, ७ जनाली, १२ बान्नातोलि   १४ कालागाउँका किसानको बाली समेत जनावरले नोक्सान गरेका छन् ।

दिउँसो बाँदर तथा राती बँदेलले बाली नष्ट गर्ने भएकाले समस्यामा रहेको कमलबजार ७ का किसान धनराज विकले बताउनुभयो । 

किसानहरू जङ्गली जनावरहरू बाँदर र बँदेलका बथान धपाउन रातभर बारीमै जाग्राम बस्ने गरेका छन् । 

बिज्ञापन
बिज्ञापन