विज्ञापन

काठमाडौँ, पुस २७ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । यो सुन हिजो प्रतितोला रु एक लाख तीन हजार पाँच सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।
विज्ञापन

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।
अन्य समाचारहरु
ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था ली. ले वर्दिया द्वारा साक्षरता कार्यक्रम सम्पन्न
कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा देश पुग्न लागेकै हो त ?
सहकारी, लघुवित्त र बैंकबारे गम्भीर कदम चाल्दै सरकार