November 29, 2022

मालिका समाचार

देशकाे ऐना

वर्षाले सन्दीप चढेको कतार एअरवेजको विमान अवतरण हुन सकेन, आकाशमा फन्को मार्दै

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौं । निरन्तरको वर्षाले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण  हुन सकेको छैन्।

वर्षाको कारण ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान अवतरण हुन नसकेको हो ।

विज्ञापन
विज्ञापन

विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसेको छ ।

सन्दीपले फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमपर्ण गर्ने बताएका थिए । सोही अनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् ।