National Election

कठिन संघर्षमा सुवास नेम्वाङको जित, इलाम २ बाट लगातार पाँचौ जित

बिज्ञापन

इलाम । मतगणनाको अन्तिमतिर निकै कठिन संघर्षमा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग झिनो मतले बिजयी भएका छन् ।

मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।
मत गणना सकिँदा अन्तिममा उनले ११४ मतान्तरले जीत निकालेका हुन् ।

२०५६ सालदेखि इलाम २ बाट चुनाव लडेका नेम्वाङ अहिलेसम्म अविजित थिए ।

बिज्ञापन
बिज्ञापन