प्रवास

एभरेष्ट चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजको चौथो अधिवेशन सम्पन्न

बिज्ञापन

दिल्ली । एभरेष्ट चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजको चौथो अधिवेशनको महराणा प्रताप अडिटोरियम नोएडामा सम्पन्न भएको छ । चेम्बरका अध्यक्ष युबराज बरालको अध्यक्षतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली राजदूतावासका शिक्षा संस्कृतिक बिभाग प्रमुख यदुनाथ पौडेलको सहभागिता रहेको थियो । बिशिस्ट अतिथि यदुनाथ पौडेलले यो महाधिवेशनले बिगत कार्यकालको समिक्षा गर्ने र भावी योजनाको तर्जुमालाई महत्त्वपूर्ण ढंगले अघि बढाउने छ भन्दै भन्नुभयो– ‘भावी सन्ततिलाई नोकरीका लागि हैन उधोग ब्यबसायका लागि प्रोत्साहित गर्नुहुनेछ । दूतावासले सबै तह र तप्काबाट साथ सहयोग रहनेछ ।’

बिज्ञापन

प्रमुख अतिथी सुवेदीले राजनैतिक प्रदुषणका कारण नेपालको व्यबसाय धरासायी भएको मेरो बुझाई रहेको हँुदा यो चेम्बरमा त्यो प्रदुषण आउन न दिन आग्रह गर्नुभयो । उहाँले उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, काङ्ग्रेसको होटेलमा र कम्युनिष्टको होटेलमा चियाको स्वाद के फरक–फरक हुन्छ र ?

महासचिव मोहन कार्किले संचालन एवम अन्जु थापाले सह–संचालन गरेको कार्यक्रममा उधोग ब्यवसायी अरुण सुवेदी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शिप समिति अध्यक्ष हेमराज ढकाल, सडक यातायात एवम परिवहन समिति अध्यक्ष प्रकाश सिंह कार्की, नेपाल राष्ट्रिय उद्योग व्यपार संगठनका महासचिव रामजी बराल, निर्वाणा लक्जरीका अध्यक्ष सुनिल जंग रायमाझी, ग्लोवल कन्सल्टेन्सी कम्पनीका डिरेक्टर महेश जोशी, राजलक्ष्मी जोशी, अपेक्स ग्लोवलका अध्यक्ष दुर्गा सुवेदी लगायतका वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पतंजलि योगपीठका संस्थापक एवम हाम्रो स्वाभिमान ट्रस्ट का संस्थापक अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको र इंडियन आर्मी जेनेरल शक्ति गुरुङको शुभकामना संदेश प्रोजेक्टर मार्फत सहभागी सबैलाई प्रस्तुत गरेर देखाईएको थियो ।

संस्थापक अध्यक्ष चिरञ्जीवी मरासिनी र अध्यक्ष युबराज बरालले पनि सम्बोधन गर्नु भएको थियो । बरालले नेपाल भारतका ब्यापार ब्यबसायका माध्यमहरुलाई कसरी अघि बढाउन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखिएको छ, भन्नूभयो ।

प्रोफेसर डा. युबराज पोख्रेल, बरिस्ठ पत्रकार आकांक्षा शाह, सामाजिक ब्यक्तिहरु ठाकुर खानल, आर. बि. खड्का, रघुनाथ पान्डे र वेद प्रकाश शर्माले निर्वाचन समिति को कार्यभार सम्हाल्नुभएको थियो। निर्वाचन सौहार्दपूर्ण तरिकाले सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।

निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष युबराज बराल, उपाध्यक्ष १. देवेन्द्र कुवर, २. बिराट श्रेष्ठ र ३. डोलराज भन्डारी, महासचिव मा योगगुरु डा मोहन कार्की, सह महासचिव १. गोविन्द पोख्रेल र २. एल. पि. पान्डे, कोषाध्यक्ष सीए सुमन आत्रेय, सह कोषाध्यक्ष बिष्णु के. सी. हुनुहुन्छ ।

त्यस्तै विभिन्न बिभागिय संयोजकहरु एवम् केन्द्रिय सचिवालय सदस्यहरूमा गार्मेन्ट ब्यबसाय समितिको अध्यक्षमा राम बहादुर नेपाल, इन्टेरियर डेकोरेटर व्यवसाय समिति अध्यक्षमा जनकराज शर्मा, बैंकिङ्ग एवम् वित्तिय व्यवसाय समिति अध्यक्षमा सुनिल मिश्रा, आयात निर्यात व्यवसाय समिति अध्यक्षमा महेश बराल, एफएमसीजी व्यवसाय समिति अध्यक्षमा मनन शाह, स्वास्थ एवम् फार्मा व्यवसाय समिति अध्यक्षमा राज शर्मा, होटेल तथा गेस्ट हाउस व्यवसाय समिति इन्चार्जमा बिष्णु के. सी. र अध्यक्षमा दिपक जि. सी., रेस्टुरेन्ट एवम् क्याटेरिङ्ग व्यवसाय समिति अध्यक्षमा बिष्णु शर्मा न्यौपाने, कोरियर कार्गो एवम् लोजिस्टिक व्यवसाय समिति अध्यक्षमा दुर्गा प्रसाद सुवेदी, फोटोग्राफी एवम भिडियोग्राफि व्यवसाय समिति अध्यक्षमा कृष्ण शर्मा, कानुन एवम परामर्श व्यवसाय समिति अध्यक्षमा नन्दा शर्मा, पार्लर, ब्यूटी एवम कस्मेटिक व्यवसाय समिति अध्यक्षमा मिलन शर्मा र ट्राभेल एवम टुरिजम व्यवसाय समिति अध्यक्षमा शोभाखर पन्थी रहनु भएको छ ।

बिज्ञापन