राष्ट्रिय समाचार

नारायणगढ-मुग्लिन र सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध

बिज्ञापन

१७ भदौ,काठमाडौं । नारायणगढ-मुग्लिन सडक आज पनि अवरुद्ध बनेको छ । सोहि सडकअन्तर्गत १८ किलोमा शुक्रबार बिहान पहिरो खसेपछि बाटो दुईतर्फी अबरुद्ध बनेको हो ।

बिहीबार पनि भरतपुर-२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरोका कारण ८ घण्टा सडक अवरुद्ध बनेको थियो ।
सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डमा फेरि पहिरो, डाइभर्सन पनि बग्यो

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल खण्डमा फेरि पहिरो खसेको छ । तिनाउ गाउँपालिका-५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ ।

यात्रु बीच बाटोमै अलपत्र परेका छन् । हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गए राति दुई ठाउँमा पहिरो खसेपछि पूणर्रुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिज्ञापन

सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । अहिले पनि पानी परिरहेको छ । माथिबाट पहिरो खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन