राजनीति

लिङ्देनको दाबी- अघिल्लो चुनावमा राप्रपाले कांग्रेसको झोला बोक्दा रवीन्द्र मिश्र हार्नुभयो

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो चुनावमा राप्रपाले कांग्रेसलाई समर्थन गरेका कारण काठमाडौं १ मा रवीन्द्र मिश्र प्राविधिक रूपले पराजित भए पनि यस पटक सानदार जित निस्कने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा तिहारका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले ५ वर्षअघिको यो क्षेत्रका जनताको चाहना पूरा होस् भनेर रवीन्द्र मिश्रलाई राप्रपाले पुनः उम्मेदवार बनाएको बताए । उनले यसअघि मिश्रलाई मत दिने जनताले आफ्नो मत यथावत् राख्नुपर्ने बताए ।

उनले भने–अघिल्लो चुनावमा कांग्रेसलाई राप्रपाले सघाएको थियो । हाम्रो नेताहरूले एउटा यस्ता दुनियाँमा नभएको गठबन्धन गर्नुभयो, ४ सीट लिएर पुरै देश कांग्रेसलाई दिनुभयो । झापामामात्रै हामीले अलग प्रकारको निर्णय गर्‍यौँ,आँट गर्‍यौँ । यो काठमाडौं १ मा राप्रपाका कार्यकर्ताले कांग्रेसको झोला बोकेका कारण रवीन्द्रजी हार्नुभयो ।

उनले यस पटक राप्रपाले ३ ठाउँमा एमालेसँग तालमेल गरेबाहेक देशभर आफ्ना उम्मेदवार रहेको भन्दै चमत्कारिक परिणाम आउने बताए ।उनले राप्रपालाई कसैले रोक्न नसक्ने र यो बलियो शक्तिका रूपमा उदाउने दाबी गरे ।

बिज्ञापन

बिज्ञापन
बिज्ञापन