राष्ट्रिय समाचार

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको विदेश भ्रमण स्थगित

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारण देखाउँदै प्रधानमन्त्रीको कतार भ्रमण स्थगित गरिएको हो ।

बिज्ञापन

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने कार्यक्रम तय भएको थियो । तर, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच छलफल गर्नुपर्नेलगायतका कारण कतार भ्रमण स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आइतबार नै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका थिए ।

बिज्ञापन