घटना समाचार

डोटीमा जीप दुर्घटना चालक सहित दुई जनाको मृत्यु

बिज्ञापन

धनगढी ।  डोटी जिल्लामा जीप दुर्घटनामा परी चालक सहित दुई जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्वर १ लोलीमा सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा केआईसिंह गाउँपालिका १  डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीम्भाडीका ४१ वर्षीय धन बहादुर तिरूवाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका जानकारी दिएका छन् ।

घाइते हुनेहरुमा केआइसिंह गाउँपालिका – १ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा  सामान्य घाइते भएका छन् ।


सामान्य घाइतेहरुलाई उद्दार पछि घर पठाइएको छ भने गम्भीर घाइतेहरुको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । शुक्रवार भारतबाट आएका यात्रुहरुले गाडी रिजर्व गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा शुक्रबार राति ११ :३० बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

बिज्ञापन
बिज्ञापन