राजनीति

प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा मन्त्रीहरुलाई हटाएका छन् । गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवा जसपाका मन्त्रीहरुलाई हटाएका हुन् ।

बिज्ञापन

जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उनीहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राखेका छन् । यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (काेइराला) को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुम्पिएका छन् ।

राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् । सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।

बिज्ञापन