राजनीति

जसपा र नागरिक उन्मुक्तिबीच पार्टी एकताबारे छलफल

बिज्ञापन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताबारे बारेमा छलफल अघि बढेको छ।

बिज्ञापन

जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीकासंरक्षक रेशम चौधरीलाई कारागारमा पुगेर भेट गरेका हुन्।

मंगलबार बिहान करिब १ घण्टा भएको छलफलमा पार्टी एकताको बिषयमा छलफल भएको जनाइएको छ। नागरिक उन्मुक्ति पार्टी खोल्नुअघि चौधरी जसपामै थिए। जसपाले उन्मुक्तिसँग एकताको सम्भावना देखेकाले जसपाले छलफल अघि बढाएको बुझिएको छ।

जसपाले अहिले एकताको लागि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गरिरहेको छ।

बिज्ञापन