अर्थ

इन्धनको मूल्य घटेर आयो, निगमले के गर्छ ?

बिज्ञापन

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर आज नेपाल आयल निगमलाई नयाँसूची पठाएको छ । यसअघिको मूल्यमा पेट्रोलको मूल्य १.९७ रुपैयाँले घटेको छ भने डिजेलको ६.४१ र हवाई इन्धनको ३.८८ रुपैयाँले कम रहेको बताइन्छ ।

बिज्ञापन

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्यसूची पठाएपछि निगमले पनि गत माघ २३ माघ गते मध्यरातदेखि भाउ बढाएको थियो । त्यतिबेला पेट्रोल, डिजेल र मट्टितेलमा समान ३–३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ पुगेको थियो । 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने बढाइको थिएन । अहिले भारतमै कम दाममा खरिद गरिएपछि निगमले यहाँ उपभोक्तालाई मूल्य समायोजन गरेर बिक्री गर्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन