खेलकुद

विश्वकपमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै

बिज्ञापन

एजेन्सी । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन् ।

खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बाट सुरु हुनेछ । अष्ट्रेलियाले पहिलो खेलमा न्युजिल्याण्डसँग हार व्यहोरेको थियो । श्रीलङ्कन टोलीले भने समूह चरणबाट सुपर १२ मा क्वालिफाइ हुँदै पहिलो खेलमा आयरल्याण्डलाई हराएको थियो ।

अंक तालिकामा पुछारमा रहेकाले अष्ट्रेलियालाई खेल जित्नैपर्ने दबाब छ । श्रीलङ्का अंक तालिकामा दोस्रो स्थानमा छ ।

उसलाई पनि आजको खेलमा जित हात पारेर प्रतियोगितालाई सुखद् बनाउनु छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन