June 3, 2023

मालिका समाचार

देशकाे ऐना

अछाममा आगलागी बस्ती नै खरानी

माघ १४ अछाम
अछाम जिल्लाको साफे बगर नगरपालिका वडा नम्बर ११मा रहेको धामी गाउँमा खरले छाएको घरहरूको एउटा बस्तीमा आगलागी हुदा उक्त बस्तीका तीन घर जलेर पुर्ण खरानी भएको छ। नवलसिह धामी ,दीपक दीपक धामी ,टंंक धामी लगायतका घरहरु जलेको र संगै रहेका अन्य दुुई घरमा क्षति भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

नजिकै राखेको खरमा खेलिरहेका केही बालबालिका हरुको लापरबाहीले आगलागी भएको कुरा वडाअध्यक्ष गणेश खड्काले मालीका समाचारलाई जानकारी दिए ।
आगलागीका कारण नजिकै रहेको अन्य घरहरूमा पनि क्षति भएको खड्काले बताए र आगलागी बाट लगभग ३ लाख बराबरको क्षेती भएको पनि खड्काले जनाए

आगलागीको घटना दिनमा भएको हुनाले अन्य मानवीय क्षती हुन बाट जोगिए संगै स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भएको जनाए ।

विज्ञापन