अनौठो

सेमिफाइनल खेलमा हेलिकप्टर झारेपछी भयो यस्तो

बिज्ञापन

काठमाडौ ;पोखरामा भएको यति एयरको दुर्घटना नसेलाउदै बिहिवार पोखरा बाट ४जना मदिरा सेवन गरेका ब्याक्तिहरुले स्याङ्जाको वालिङमा चलिरहेको फुटबल गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको बेला अचानक हेलिकप्टर ल्याण्ड भएपछि खेल मैदानको स्वरुप बदलिएको थियो ।

बिज्ञापन

के कति कारणले खेल चलिरहेका बेला मैदानमै हेलिकप्टर झारेको भनेर आयोजक, स्थानीय र खेलाडीबीच भनाभन पनि भयो । त्यही क्रममा धकेलाधकेल पनि भयो स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, यो बिषयमा कसैसँग पनि समन्वय तथा पुर्व जानकारी नै छैन । यस्तो गतिविधिले दुर्घटना भएको भए के हुन्थ्यो ? स्थानीय आक्रोशित हुनु स्वभाविक नै हो । अहिले घटनाको तिब्र अनुसन्धान भइरहेको छ ।’

केहिबेर हेलिकप्टरका चालक र यात्रुबीच भनाभनका क्रममा लफडा भएको उनले बताए । कुनै जानकारी नै नदिएर खेल चलिरहेको बेला किन हेलिकप्टर पठाइयो भनेर नागरिक उड्डयन प्राधिकरणलाई पनि पत्र लेखेर पठाएका छौ; सीडीओ क्षेत्रीले भने, ‘यात्रु इमर्जेन्सी झार्नैपर्ने कारण के रहेछ ?अनुसन्धान गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको छु । बिना जानकारी ख्याल ठट्टा जसरी हेलिकप्टर ल्यान्ड गर्न पाइँदैन । स्थानीयहरुको सुरक्षाको कुरा पनि हुन्छ ।’

जबर्जस्ति अवतरण गरेको हेलिकप्टर हाल पोखरा फर्काइएको छ । साथै वायुसेवा सञ्चालक संघले पाइलटमाथि कुटपिट भएको प्रति उक्त घटनामा संलग्नलाई कारबाही गर्न माग पनि गरेको छ ।

बिज्ञापन