खेलकुद

कैलालीको बर्दगोरियामा खुल्ला फुटबल प्रतियोगिता हुँदै

बिज्ञापन

बौनिया । कैलालीमा खुल्ला पेनाल्टी शुट आउट फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ बौनियामा “राष्ट्रको शान खेलकुद बिकासको अभियान “भन्ने मुल नाराका साथ सडकपुर बौनिया युवा क्लबको आयोजनामा प्रथम पेनाल्टी शुट आउट फुटबल प्रतियोगिता हुन लागेको हो । यहि चैत्र ११ र १२ गते प्रतियोगिता गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

फुटबल पेनाल्टी शुट आउट प्रतियोगिताको माध्यमद्धारा युवा तथा खेलकुदको विकास,समाज तथा देशका लागि क्षमतावान्, उत्कृष्ट खेलाडी उत्पादन, खेलको माध्यमबाट युवाहरुबीच आपसी सद्भाव, एकता र बन्धुत्वको भावना जागृत गराउने र स्थानीय क्षेत्रमा खेलकुद प्रति नागरिकको आकर्षण बढाउने मुल उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि ले बताए । प्रतियोगितामा कैलाली जिल्ला भित्रका लगभग ३५ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

खुल्ला पेनाल्टी शुट आउट फुटबल प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ४१ ह्जार पाउने छ भने द्धितिय हुनेले नगद २१ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने महासचिव पदम राज ओझाले जानकारी दिए । क्लबले बिगतका वर्षमा रास्ट्र व्यापी फुटबल प्रतियोगितामा गर्दै आएको थियो । बिगत दुई वर्ष विश्व ब्यापी रुपमा फैलिएको कोरोनाका कारण खेल जगत शिथिल बनेको हुदा बौनिया क्लबले पनि खेलकुदका गतिविधि अगाडि बढाउन सकेको थिएन । प्रतियोगितामा सहभागीता जनाउन चैत्र १० गते साझ ५ बजे सम्म टिम दर्ता गरि सक्नु पर्ने आयोजकले जानकारी गरेको छ । टिम दर्ता दस्तुर रु २ हजार ५ सय निर्धारण गरिएको छ । टिम दर्ताका लागि महासचिव पदम राज ओझा ९८६३१०३३९५ र उपाध्यक्ष निर्प साउदलाई ९८००६९४५०५ मा सम्पर्क गर्नु पर्ने छ ।

बिज्ञापन
बिज्ञापन