दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्रमा लागेको भीषण आगलागीका कारण हालसम्म ११६ घर जलेर नष्ट भएका छन् । योसँगै ६ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । तटीय शहर उल्जिनको पहाडबाट शुक्रबार बिहान जंगलमा आगलागी सुरु भएको हो । आगलागीका कारण उल्जिनमा रहेको आणविक उर्जा केन्द्र पनि जोखिममा परेको थियो ।


राष्ट्रपति मुन जे–इनले पनि यसबारे चेतावनी दिएका थिए, त्यसपछि विद्युत् केन्द्रको क्षमता ५० प्रतिशतले घटाइएको थियो र विद्युतीय लाइन काटिएको थियो । नेशनल फायर एजेन्सीका एक अधिकारीका अनुसार प्लान्टमा सयौं फायर फाइटरहरू खटाइएको थियो, त्यसपछि आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगलागी नियन्त्रणका लागि २ हजारभन्दा बढी अग्निनियन्त्रक र सैनिकसहित ५१ हेलिकप्टर र २७३ सवारी साधन परिचालन गरिएको छ । सामचेओकमा रहेको तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन केन्द्रमा आगो फैलिनबाट रोक्न सयौं अग्निनियन्त्रकहरूले रातभर संघर्ष गरे ।

त्यसपछि तीव्र हावाका कारण आगो उत्तरी सामचेओकतर्फ सरेको थियो । यो शहर राजधानी सियोलबाट करिब ३३० किलोमिटर दक्षिणपूर्वमा छ ।
अन्य समाचारहरु
काठको बाकसभित्र प्याक गरिएको अवस्थामा अभिनेता जेफरसनको शव भेटियो
पहिलो पटक अन्तरीक्षमा पुगिन् अरबी महिला
यशूलाई भेट्न सामूहिक आत्महत्या गर्नेको संख्या २०१ पुग्यो