June 7, 2023

मालिका समाचार

देशकाे ऐना

परराष्ट्रमन्त्रीको स्पष्टीकरणः देउवा कांग्रेस सभापतिको हैसियतमा भाजपा कार्यालयमा गएको हो

काठमाडौ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेर बहादुर देउवा सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्नु कूटनीतिक मर्यादा अनुकुल नै रहेको बताएका छन् ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि सुनाउन त्रिभुवन विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले देउवा प्रधानमन्त्रीका हैसियतले नभइ नेपाली कांग्रेस पार्टी सभापतिका हैसियतले भाजपा मुख्यालय गएको बताए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देश बीचको सम्बन्ध नयाँ उचाइमा पुगेको मन्त्री खड्काले बताए ।

विज्ञापन

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीचको भेटमा सीमा समस्याबारे कुरा उठाएको बताउँदै उनले सीमा समस्या स्थापित संयन्त्रमार्फत कुटनैतिक सम्वादद्वारा हल गर्ने बारे छलफल भएको मन्त्री खड्काले बताए ।

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाबीचको एकल भेटमा मोदीले एक भारतीय अधिकारीलाई ‘नोट टेकर’ राखेपनि देउवाले नराखेको किन भन्ने पत्रकारको प्रश्नमा परराष्ट्रमन्त्री खडकाले भने, ‘भारतीय पक्षले भाषा अनुवादक राखेको हो । नोट टेकर होइन। अङ्ग्रेजी र हिन्दी भाषा अनुवादक हुन् । हाम्रा तर्फबाट पनि नोट टेकिङ भएको छ ।’

प्रधानमन्त्री देउवा तिन दिने औपचारिक भारत भ्रमण सकेर हिजो साँझ ८ बजे स्वदेश फर्किएका हुन् ।