Uncategorized

पैगम्बर मोहम्मदको कार्टुन देखाएको भन्दै शिक्षको हत्या

बिज्ञापन

पेरिस एजेन्सी
फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले त्यहाँको एक स्कुलमा पढ्ने आफ्नो बच्चालाई पैगम्बर मोहम्मदको कार्टुन देखाएका एक शिक्षकको शिर छेदन गरी हत्या गरेका छन्। ती व्यक्तिले अल्लाहु अकबर को नारा लगाएका थिए। घटनाको केही समयपछि प्रहरी पुगेको र बन्दुक देखाउँदै भाग्ने प्रयास गर्दा प्रहरीको इन्काउन्टरमा उनी मारिएको बताइएको छ।

इस्लाममा पैगम्बर मोहम्मदको कुनै प्रकारको मूर्ति वा चित्र बनाउनुलाई सबैभन्दा गम्भीर अपराधका रूपमा लिइन्छ। यसलाई पैगम्बरको अपमान र इस्लामविरोधी कृत्यका रूपमा लिइएको छ।

१८ वर्षका ती हत्याराले इतिहासका ती शिक्षकमाथि हमला गर्नुपूर्व अल्लाहु अकबरको नारा लगाएको दाबी गरिएको छ। शिक्षकमाथि अभिव्यक्ति स्वतन्त्रताको पाठ पढाउने बेला आफ्ना विद्यार्थीलाई इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुन देखाएको आरोप लागेको थियो। यस घटनालाई लिएर फ्रान्समा राजनीतिक बहस तात्तिन थालेको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों आफै मृत शिक्षकको घर जाने कार्यक्रम रहेको बताइएको छ।

शिक्षकको घाँटी काटेर गरिएको हत्यालाई लिएर फ्रान्समा फेरि एकपटक धार्मिक स्वतन्त्रतालाई लिएर बहस छेडिएको छ। राष्ट्रपति म्याक्रोंले यसलाई इतिहासको हत्या भनेका छन्। उनले यस घटनालाई कट्टरपन्थीद्वारा देशको गणतन्त्रविरुद्धको हमला भएको बताएका छन्। उनीहरू फ्रान्सलाई विभाजित गर्न सफल नहुने राष्ट्रपतिले प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

प्रहरीले यस घटनामा एक नाबालकसहित चार जनालाई गिरफ्तार गरेको छ। गिरफ्तार गरिएका सबै आरोपी आक्रमणकारीसँग सम्बन्धित हुन्। प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको छ। शिक्षकको टाउको काटिएको घटनासँगै तिनीहरूको सम्बन्ध रहेको बताइएको छ। उनीहरूमाथि हत्या भएपछि आरोपीलाई भाग्नमा मद्दत गरेको आरोप छ।

आक्रमणकारीको इन्काउन्टरको एक भिडियो पनि भाइरल भइरहेको छ। उक्त भिडियो एक स्थानीय नागरिकले आफ्नो घरबाट खिचेको पाइएको छ। यसमा प्रहरीका कैयौं गाडी देखिएका छन्। तर, बगैंचामा बार राखिएकाले आक्रमणकारी र प्रहरी प्रस्टरूपमा देखिएका छैनन्। भिडियोमा प्रहरीले तीव्रताका साथ आरोपीलाई पछ्याउँदै उनलाई हतियार फ्याँक्न भनिएको सुनिन्छ। जब आक्रमणकारीले प्रहरीमाथि नै बन्दुक तेस्र्याए, प्रहरीले उनलाई गोली प्रहार गरे।

ती आक्रमणकारी रूसको चेच्न्याका नागरिक भएको बताइएको छ। घटनालाई लिएर रूसी गुप्तचर एजेन्सी र प्रहरीले पनि यस मामिलामा जाँच गरिरहेका छन्। चेच्न्या रूसको नियन्त्रणमा रहेको द्वन्द्वग्रस्त क्षेत्र हो। मुस्लिम बाहुल्य रहेको उक्त क्षेत्रलाई स्वतन्त्र राष्ट्र बनाउन पृथक्तावादीहरू रूसी सेनासँग छापामार युद्ध लडिरहेका छन्।

यो घटना सन् २०१५ मा सार्ली हेब्डोमा भएको इस्लामिक कट्टरपन्थी हमलालाई लिएर सुनवाइ भइरहेको समयमा भएको हो। उक्त हमला पनि पैगम्बर मोहम्मदको कार्टुन छापिएकोमा आक्रोशित भएका इस्लामिक कट्टरपन्थीले गरेका थिए। हालै मात्र उक्त घटनामा मुद्दाको सुनवाइ भएपछि अखबारले पुनः कार्टुन छापेको थियो। जसलाई लिएर अलकायदाले २०१५ को हमला अन्तिम नभएको धम्की दिएको थियो।

समाचार लोकान्तर डट कम बाट लिएको हो।

बिज्ञापन
बिज्ञापन

Leave a Reply