19/10/2021

मालिका समाचार

देशको ऐना

अन्तिम यात्रामा निशुल्क महाप्रस्थान यान।

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

२५ असार । कैलाली सुदूरपश्चिम प्रदेशकै चर्चित महाअभियन्ता तथा कैलालीका जिल्लाका प्रख्यात व्यवसायी गोपाल हमालले धनगढी उपमहानगर पालीका क्षेत्रमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्।
जिउँदो हुदा सम्म आफ्नै बलमा हिड्ने मानव शरीर मृत्युबरण पार्थव शरीर बन्दै दुइ चार जनाको शाहारामा मशान घाट सम्म पुग्छ तर ब्याक्तीको कर्म र परिचयका आधारमा धेरै वा थोरैको उपस्तिथि उक्त कार्य हुने गर्छ ।
यो ध्रुव सत्य कुरा हो उक्त कुरालाई गम्भीरता पुर्बक लिदै धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि प्रदेशका चर्चित अभियन्ता गोपाल हमालले ३० लाखको लागतमा ‘महाप्रस्थान यान’को नाम दिएर सवा वाहन सञ्चालनमा ल्याएका छन।

शुक्रबार धनगढीमा एक कार्यक्रमकाबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी डा. हेमराज पन्त सहित हमाल परिवारले महाप्रस्थान यान सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक व्याक्तित्व शिद्धराज पनेरुलाई यानको साचो हस्तान्तरण गरेका हुन।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

यानको साचो हस्तान्तरण गर्दै हमालले उक्त यान धनगढीनिवासीसम्पुर्ण समर्पित हुने र ‘परिवारको सदस्य गुमाउँदा कुनै पनि परिवार शोकमा डुबेको बेला त्यो अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुने गरेको देखिन्छ यस्तो कार्यकालागी धेरै जसोले वाहन हरु प्रयोग गर्नदिनै मान्दैनन् अब कसैलाई त्यो अवस्था नदोहोरीओस भन्ने उदेश्यले महाप्रस्थान यानको नाम दिएर निःशुल्क वाहन सञ्चालनमा ल्याएको बताए।

सो कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा‍. हेमराज पन्तले धारणा राख्दै सम्मानजनक अन्तिम संस्कारका लागि अभियान्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए। यानभित्र पार्थिव शरीर र किरिया पुल्ती बस्न मिल्ने छुट्टाछुट्टै क्याबिनका साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न सकिने वयवस्था रहेको छ। यान धनगढी उप-महानगरपालिकास्थित दाहा सस्कार स्थल मोहना नदी दाहासस्कार स्थल, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली स्थित दाहासस्कार स्थल हरुमा सञ्चालन हुने जनाएको छ।

विज्ञापन