राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बिज्ञापन

काठमाडौ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बिज्ञापन

संसदमा पेस हुन लागेको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न शनिबार दिउँसो सत्तारूढ दलका नेताहरूको बैठक बसेको हो । बैठक केहीबेरअघि सकिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि बैठकमा उपस्थित थिए । सरकारले जेठ १० गते नीति तथा कार्यक्रम पेस गर्दै छ ।

वैशाख ३० गते स्थानीय तहको चुनाव भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूको पहिलो पटक बैठक बसेको हो ।

चुनावमा सत्ता गठबन्धनले केन्द्रबाटै ६ महानगर र ११ उपमहानगरमा भागबन्डा गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन