March 22, 2023

मालिका समाचार

देशकाे ऐना

मिर्चौयामा २५ किलो गाँजासहित तीन जना पक्राउ

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

माघ , १३

मिर्चैया नगरपालिकास्थित -९ डाँडागाँउबाट २५ किलो गाँजा प्रहरीले बरामद गरेको छ।

विज्ञापन

सोही ठाउँका रणबहादुर श्रेष्ठको घरबाट प्रहरीले गाँजा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घरमा खोज तलासी गर्दा उक्त गाँजा फेला पारेको थियो।

यस्तैगरी ,गाँजा किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका-८ का ३३ वर्षीय सञ्जीव मण्डल लगायत तीन जनालाई पक्राउ गरेको छ।

श्रेष्ठ फरार रहेको प्रहरीले जानकारी दिएको छ।