June 4, 2023

मालिका समाचार

देशकाे ऐना

मुम्बईको सगरमाथा क्रिकेट टीम प्रथम

सुरत । मुम्बईको सगरमाथा क्रिकेट टीम प्रथम भएको छ । भारतको गुजरात राज्यको सुरत शहरको साई फकिर क्रिकेट ग्राउण्डमा एन.व्हाय.सी.एल द्वारा आयोजित क्रिकेट टुर्नामेन्टमा १६ टीमले भाग लिएका थिए जसमा मुम्बईको सगरमाथा क्रिकेट टीम प्रथम र ट्रिपल सी.सी.सी. रनरअप भएको थियो । खेलमा सहभागि सबै टीमहरुले आ–आफ्नो तर्फबाट राम्रो प्रदर्शन गरेर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


प्रमुख अतिथिको रुपमा मुम्बईका समाज सेवी तथा संगीतकार कमल सिंहको उपस्थिति रहेको यस कार्यक्रममा स्थानीय गन्यमान्य, समाज सेवी, राजनीतिक लगायत प्रवासी नेपालीहरुको बाक्लो रुपमा सहभागिता रहेको थियो ।

विज्ञापन