August 7, 2022

मालिका समाचार

देशकाे ऐना

इन्धनको मूल्यवृद्धि : खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँको दरले मूल्य बढाएको छ ।

विज्ञापन

अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ । प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुरयाइएको छ ।

विज्ञापन