March 21, 2023

मालिका समाचार

देशकाे ऐना

सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दै

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौ । सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै छ । आइतबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको समितिका सदस्य हिमाल पुरीले बताए ।

बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकपछि १ बजे समितिको बैठक बस्न लागेको हो । उनका अनुसार बैठकमा चुनावी तालमेलबारे मातहतको संयन्त्रबाट प्राप्त भएको रिपोर्टमाथि छलफल हुने छ । केही जिल्लाबाट रिपोर्ट प्राप्त नभएको भन्दै भोलिसम्म बुझाइसक्ने ताकेता गर्ने समितिको तयारी छ ।

विज्ञापन