राजनीति

अन्ततः मिल्यो गठबन्धनका बिचमा तालमेल

बिज्ञापन

काठमाडौ । सत्तारुढ गठबन्धनका बिचमा महानगरपालिकाको भागबण्डामा सहमति जुटेको छ । सहमतिअनुसार ६ वटा महानगरमध्ये कांग्रेसले तिन, नेकपा एकीकृतले एक, माओवादी केन्द्रले एक र जनता समाजवादीले एक महानगरमा उम्मेदवारी दिनेछन् ।

बिज्ञापन

अन्ततः सत्ता गठबन्धनमा रहेका दलहरुका बिचमा महानगरपालिकामा चुनावी तालमेलका बारेमा सहमति जुटेको छ । स्थानीय तहको चुनावमा चुनावी तालमेल गर्ने निर्णय गरेका गठबन्धनमा रहेका दलहरुका बिचमा महानगरको उम्मेदवारी दिने विषयमा सहमति जुटेको हो ।

सहमतिअनुसार काठमाडौं, विराटनगर र ललितपुरमा कांग्रेसले उम्मेदवारी दिनेछ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा, नेकपा माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले विरगञ्ज महानगरमा उम्मेदवारी दिनेछन् ।

बिज्ञापन