
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनसँग एमाले एक्लै लड्न सक्षम रहेको बताएका छन् ।
उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनमा एमाले एक्लै भएपनि गठबन्धनसँग लड्न सक्षम भएको बताएका हुन् ।

शुक्रबार पार्टीको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा एमाले पहिलो शक्ति केन्द्रका रुपमै अगाडि आउँछ । त्यसका लागि पार्टीका सम्पूर्ण संगठनहरु जिम्मेवारीपूर्वक लाग्न आवश्यक छ ।’
वर्तमान गठबन्धन नै चुनावसम्म जाने–नजाने निश्चित नभएको भन्दै नेता, कार्यकर्तालाई पार्टीका रणनीतिक योजनाहरु अघि सार्न समेत उनले आग्रह गरे ।
भट्टराईले एमाले नै देश र राष्ट्रको हितमा काम गर्ने पार्टी भएकाले जनताले अझै पनि एमालेको नेतृत्वमा सरकार बनाउन चाहेको उल्लेख गरे ।
अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ