राजनीति

गठबन्धनले आज तालमेलको मोडालिटी टुंगाउने

बिज्ञापन

काठमाडौ । पाँच दलीय सत्तारुढ गठबन्धनले आज स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी टुंगो लगाउने भएको छ ।

बिज्ञापन

त्यसका लागि मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस नेता तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिएका छन् ।

गठबन्धनले तालमेलको खाका बनाउन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको चुनावी संयन्त्र समेत बनाएको छ। यो समितिले तल्लो तहको सिफारिसको आधारमा उम्मेदवार टुंग्याउने बताइएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि मंगलबार तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।

अपीलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षर छ ।

बिज्ञापन