विज्ञापन

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए ।
‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारणले कसैसँग त गठबन्धन गर्नैप¥यो ।
विज्ञापन

काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेका छन् उनीहरुले अनि मैले के गल्ती गरेँ ।’ उनले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए । ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोली’, देउवाको भनाइ छ ।
विज्ञापन

अन्य समाचारहरु
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपसभामुख इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा