Sudur Pradesh News

‘सुदूरपश्चिमको पीडा राष्ट्रियस्तरमा जोडिन सकेको छैन’

बिज्ञापन

सोमबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री रावलले आफूलाई जनताले राजनीतिको सारथीका रुपमा निर्वाचित गराएकाले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । “यो निर्वाचन मेरो व्यक्तिगत कुनै इच्छा र आकांक्षाका लागि पद र प्रतिष्ठाका लागि होइन । मूलतः ग्रामीण क्षेत्रका नागरिकको समस्या, राष्ट्र राष्ट्रियता र समावेशिताको मुद्दासँग जोडिएको छ” उनले भने । 

बिज्ञापन

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै मुख्यमन्त्री रावलले काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने उनले औंल्याए । 

‘सुदूरपश्चिमका लाखौंलाख झुपडीहरुको एकत्वलाई मैले हेर्न जरुरी छ । सामाजिक विकृति र विसंगतिको क्षेत्रमा भएका समस्यासँग जुध्न जरुरी छ’ उनले भने, ‘सुदूरपश्चिमलाई सुदूर नभएर सुगम बनाउन हातेमालो गर्नुपर्छ ।’ 

बिज्ञापन