August 18, 2022

मालिका समाचार

देशकाे ऐना

अत्तरियामा जिप मोटरसाइकल सँग ठोक्कियो

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

अत्तरिया । कैलालीको अत्तरिया चोकमा जीपले मोटरसाइकललाई ठक्कर दिएको छ । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा बा ९६ प २४४२ नम्बरको मोटरसाइकललाई पडाडीबाट आइरहेको जीपले ठक्कर दिएको हो ।

विज्ञापन

दुर्घटनामा मानविय क्षति भने नभएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ । दुर्घटनामा मानविय क्षति नभएको बताउँदै अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।

यस्तै अहिले जिप र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका छन् ।

विज्ञापन