राजनीति

‘एमालेका उम्मेदवारलाई भोट दिनुस्’ भनेर आह्वान गर्न सक्दिनँ- भीम रावल

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेका सबै उम्मेदवारलाई मतदान गर्नुस् भनेर नेपाली जनतालाई आह्वान गर्न नसक्ने बताएका छन् । 

पार्टीले प्रतिनिधिसभा निर्वाचनको टिकट खोसेपछि पत्रकार सम्मेलन गर्दै नेता रावलले नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउनुस् भनेर आह्वान गर्न नसक्ने बताएका हुन् ।

नेकपा एमालेले देश र जनता तथा पार्टीका लागि काम गर्नेलाई मात्र उम्मेदवार नबनाएको भन्दै एमालेका सबै उम्मेदवारलाई मतदान गर्नुस् भनेर आह्वान गर्न नसक्ने बताएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भने– ‘एमालेका सबै उम्मेदवारलाई भोट दिनुस् भनेर आम जनतालाई आह्वान गर्न सक्दिनँ । एमालेले एमालेका नेता कार्यकर्तालाई मात्र उम्मेदवार बनाएको छैन । होली वाइनदेखि देशी विदेशी शक्तिका उम्मेदवारसमेत छन् । त्यसैले म भन्छु– देशभक्त, मार्क्सवादप्रति प्रतिवद्ध र पार्टीप्रति प्रतिवद्धलाई मात्र मतदान गर्न आह्वान गर्न सक्छु ।’

बिज्ञापन

नेकपा एमालेका नेता भीम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई टिकट नदिएको बताएका छन् । अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छारी निर्णय गरेर आफूलाई टिकट नदिइएको उनले बताएका छन् । 

नेता रावलले आफू एमालेले छोडेर नजाने तर एमालेभित्र दाश बनेर नबस्ने समेत बताएका हुन् । विगतदेखि नै आफू अन्याय र अत्याचारविरुद्ध संघर्ष गर्दै आएको भन्दै रावलले अझै संघर्ष गर्ने बताए ।

बिज्ञापन
बिज्ञापन