बिश्व

काठको बाकसभित्र प्याक गरिएको अवस्थामा अभिनेता जेफरसनको शव भेटियो

बिज्ञापन

एजेन्सी । चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा सिक्रीले बाँधेर प्याक गरिएको अवस्थामा भेटिएको हो ।

जुन बाकस जमिनबाट ६ फिट तल गाडिएको र सिमेन्टले ढाकिएको अवस्थामा फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।उनको घाटी थिचेर मारिएको हुनसक्ने प्रहरीकाे आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन