National Election

समानुपातिकमा नेकपा एसलाई प्रतिनिधिसभाभन्दा प्रदेशमा धेरै मत

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिकमा प्रतिनिधिसभातर्फ भन्दा प्रदेशसभामा धेरै मत पाएको छ । प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन बल गरिरहँदा तुलनात्मकरूपमा प्रदेशसभामा धेरै मत ल्याएको हो ।

बिज्ञापन

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ १ करोड २ लाख ५८ हजार ५७७ मत गन्दा २ लाख ९२ हजार ९८७ मत ल्याएर राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ । प्रदेश समानुपातिकतर्फ ३ लाख ६६ हजार ९५२ मत ल्याएको हो ।

नेकपा एसले प्रदेश १ मा १८ लाख १३ हजार २६५ मत गन्दा ५४ हजार ८३१, मधेस प्रदेशमा २० लाख ७५ हजार २२ गन्दा १ लाख १३ हजार ५९०, वागमतीमा १८ लाख २९ हजार ८१३ गन्दा ६३ हजार ५४० मत ल्याएको छ।

यस्तै, गण्डकीमा ९ लाख २३ हजार ३७१ मत गन्दा १४ हजार ७०३, लुम्बिनीमा १८ लाख ८७ हजार ७८ मत गन्दा ४२ लाख ६२१, कर्णालीमा ५ लाख ७७ हजार ८२९ मत गन्दा ३५ हजार ८२६ र सुदुरपश्चिममा ८ लाख ३८ हजार ८९४ मत गन्दा ४१ हजार ८३९ मत ल्याएको छ ।

प्रदेश समानुपातिक मतलाई हेर्दा नेकपा एसले मधेस प्रदेशमा सबैभन्दा धेरै मत ल्याएको छ भने गण्डकीमा कमजोर देखिएको छ ।

बिज्ञापन