अर्थ

घर जग्गा धितो राखेर लिने ऋणमा कडाइ, नयाँ व्यवस्थामा के छ ?

बिज्ञापन

काठमाडौं । घर जग्गा कर्जामा कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौन्द्रिक नीतिमार्फत कर्जामा कडाइ गरेको हो ।

घर जग्गामा जाने कर्जालाई अनुत्पादक क्षेत्रका रुपमा लिएर कडाइ गरेको हो ।
नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा घरजग्गाको धितो राखेर बढीमा ३० प्रतिशत मात्रै कर्जा पाइने छ ।

काठमाडौँ उपत्यका बाहिर भने ४० प्रतिशतसम्म मात्रै कर्जा दिने व्यवस्था गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्याल्युबीचको अनुपात काठमाडौँ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ’ मौन्द्रिक नीतिमा उल्लेख छ ।

बिज्ञापन

यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर ६० प्रतिशत अनुपात थियो ।

बिज्ञापन
बिज्ञापन